|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल चीनबीचको ओबिओआर बिचको हस्ताक्षरले दुई देशबीचको सम्बन्धलाई अझ सहज बनाउने बताएका छन्। काठमाडौंमा मंगलबार वान बेल्ट वान रोड इन्टरनेसनल कन्सर्न सेन्टरले आयोजना गरेको कार्यक्रममा उनले ओबिओआरले दुबै छिमेकी मुलुकहरुलाई सकारात्मक सम्बन्ध बनाएर अगाडि बढ्न सहज हुने उल्लेख गरे।

कार्यक्रममा ओलीले नेपालका लागि ओबिओआर झन् महत्वपूर्ण रहेको समेत चर्चा गरेका थिए। यसले दुई देशबीच एकले अर्कोलाई धक्का नदिई झन् राम्रो सम्बन्ध बनाएर अगाडि बढ्दा दुबै पक्षलाई फाइदा पुग्ने ओलीले बताए। उनले आफू प्रधानमन्त्री हुँदा ओबिओआरका लागि एग्रिमेन्ट गरेको भन्दै  सफलताका लागि खुसी व्यक्त गरे।

चीनको विकासमा लिडरसीप र राजनीतिक स्थिरता नै प्रमुख कारण भएको पनि ओलीले उल्लेख गरे। नेपाल भने स्थायी सरकारको अभाव तथा राष्ट्रलाई कम महत्व दिने, देशको विकासका लागि भिजन ल्याउनेलाई लखेट्ने प्रवृत्तिले अगाडि बढ्न नसकेको पनि उनले सुनाए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.