|

काठमाडौं : नेकपा एमालेका शीर्ष नेताहरु चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुरु गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन्।  

भरतपुर महानगरपालिकामा आइतबार रातिदेखि रोकिएको मतगणन सुरु गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु आयोगमा पुगेका हुन्। 

आइतबार राति मतगणना भइरहेका बेला दलकै कार्यकर्ताहरुले मतपत्र च्यातेपछि मतगणना स्थगित गरिएको थियो। घटनापछि नेकपा एमालेले पुन मतगणना गर्न माग गरेको छ भने माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नम्बर १९ मा पुन मतदानको माग गरेका छन्।

निर्वाचन आयोगले भने सत्य तथ्य पत्ता लगाउन सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। तीन दिन समय पाएको उक्त समितिले सोमबारदेखि काम सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.