काठमाडौं: होटल एसोसियन अफ नेपाल हानका पूर्व-अध्यक्ष तथा र्याडिसन होटलका महाप्रवन्धक बिके श्रेष्ठको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको छ। भएको छ। छातीको क्यानसरबाट ग्रसित श्रेष्ठको मंगलबार बिहान आफ्नै निवास ललितपुरको भैसेपार्टीमा निधन भएको हो।
१ वर्षदेखि अशक्त बनेका श्रेष्ठ पछिल्लो एक महिनादेखि ग्रसित भएको हानका महासचिव विके विनय शाह बताए। श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासमा महत्वपूर्ण भूमिका खेलेको शाह बताउँछन्। अन्तराष्ट्रियस्तरको चेन होटल नेपालमा चलाउनु लगायतका कारणले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुगेको शाह बताउँछन्।
हिमालय ट्राभलका सहमहाप्रवन्धक रहेका श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघमा १६ वर्ष कार्यसमिति सदस्य भएर काम गरेका थिए। उनले २०१४ देखि २०१६ सम्म हानको अध्यक्षको रुपमा कार्यभार समालेका थिए। विस २०१० सालामा जन्मिएका श्रेष्ठका एक श्रीमती ३ छोराछोरी रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिँदै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।