|
फोटो : पदम शाही

काठमाडौं : बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको जहाज दुर्घटना भएको छ। सुर्खेतबाट हुम्लाको सिमकोटतर्फ कार्गो लिएर गएको जहाज खराब मौसमका कारण त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो।

दुर्घटनाका क्रममा जहाजमा आगलागी भएको छ। आगलागीबाट नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र एक महिला गम्भीर घाइते भएका बाजुराका प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टले जानकारी दिए। आगो नेपाली सेना र नेपाल प्रहरीले निभाएको छ। कार्गो लिएर गएको जहाज आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको हो।

खाद्य संस्थानको खाद्यान्न बोकेर हुम्लाको सिमकोट गएको स्काई ट्रक NA-048 खराब मौसमका कारण हुम्ला जान नसकी कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा धावनमार्गबाट ५० मिटर बाहिर दुर्घटनाग्रस्त भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले जानकारी दिए। जहाजमा ५ जना चालक दलका सदस्यहरु रहेका थिए। तीन जना सामान्य घाइते रहेको उनले  बताए।

हेर्नुस् जहाज दुर्घटनाको केही फोटो। फोटो सौजन्य :युवा संघ सचिव नरेश शाही

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.