|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगाकै इतिहासमा सबैभन्दा सानो उमेरमा खिजी फलाटेका कुङ्गा शेर्पाले २५ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेका छन्। खिजीदेम्बा गाँउपालिका वडा नं ९ का कुङ्गा शेर्पा ओखलढुंगा जिल्लाकै सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा व्यक्ति बनेका छन्।

कुङ्गाले गत मे २१ अर्थात् जेठ ७ गते बिहानको सात बजे नेपालको आइसल्याण्ड ट्रेकिङ कम्पनीको ७ सदस्यीय टोलीसहित सगरमाथाको आरोहण गरेको उक्त ट्रेकिङ कम्पनीका डाइरेक्टर टेण्डी शेर्पाले जानकारी दिए। २५ वर्षका कुङ्गाले पहिलोपटक तिब्बतको मोहराबाट सगरमाथाको आरोहण गरेका थिए।

आरोही कुङ्गाका अनुसार ७ सदस्यीय टोलीले मे २० अर्थात जेठ ६ गते बेलुका ७ बजेबाट सुरु गरेको यात्राले भोलीपल्ट बिहान ७ सगरमाथा चुचुरोमा सफल आरोहण गरेको थियो। टोली चुचुरोमा पुगी त्यही दिनको १ बजे झण्डै १७ घण्टामा ओर्लिएको आरोही कुङ्गाले बताए। सगरमाथाको चुचुरोमा पुग्दा ज्यादै खुसी भएको र हर्षले खुसीको आँसुसमेत झरेको बताए।

कुङ्गाले यसभन्दा अगाडि ६ हजार मिटरभन्दा माथिका ७ भन्दा बढी हिमशृङखलाहरु चढिसकेका छन्। कुङ्गाले २०१६ को मे १९ मा पनि नेपालबाट सगरमाथाको आरोहरण गरेका थिए।

तर यसपटक भने उनले चीनको भू-भागबाट सफल आरोहण गरेका हुन्। आरोही कुङ्गाले राजधानीको केभ्स कलेजबाट प्लस टु सम्मको पढाइ साथै एचएम आरटी र आइस क्लाइमबिङ कोर्स पूरा गरेका छन्। ओखलढुंगा जिल्लाबाट नै सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने कुङ्गा गम्बु शेर्पा र याङडी शेर्पाका छोरा जेठा छोरा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.