|

डडेल्धुरा : स्थानीय तह निर्वाचनको उम्मेदवार चयन मनोमानी गरिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा डडेल्धुरामा एक कांग्रेस कार्यकर्ताले आमरण अनशन सुरु गरेका छन्।

आफन्तलाई मात्र टिकट दिन  केन्द्रबाट नै तयारी भएको भन्दै गन्यापधुरा गाउँपालिकाका स्थानीय नेता तिलक हमालले मंगलवार विहान १० वजेदेखि आमरण अनशन सुरु गरेका हुन्।

जनताले चाहेको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा उनले अनशन सुरु गरेका हुन्। अनशन बसेका हमाल गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पदका आकांक्षी हुन्। सभापति देउवाको पुर्ख्यौली घर पनि सोही गाउँपालिकाको वडा नम्बर १ मा पर्छ।

‘जनताले चाहेको व्यक्तिलाई पार्टीले टिकट दिनुपर्छ’ हमालले भने ‘त्यस्तो व्यक्तिलाई टिकट नदिएसम्म म अनशन तोड्दिन।’ उनले देउवाको गृहजिल्लामा गुटबन्दीको राजनीति हावी भएको समेत आरोप लगाएका छन्। देउवाको गृह जिल्लामा अन्य सबै राजनीतिक दलले उम्मेदवार चयन गरे पनि नेपाली कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • उहाँले शही गर्नु भो डडेलधुरामा तेहि छ समस्य बेलैमा बुद्धि पुराउन राम्रो होला डडेलधुराका काङ्ग्रेस पार्टीले नत्र घर न घातको हुनुपर्ला नि