|

काठमाडौँ: मुलुकको राजधानी रहेको तथा देशकै ठूलो महानगर काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुखलगायत वडामा निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूले प्रमाणपत्रसमेत ग्रहण गरेका छन्। 

राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमका बीच महानगर प्रमखुमा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरूले शपथ लिए। प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले नवनिर्वाचितहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथका क्रममा विभिन्न सांस्कृतिक झाँकी तथा विभिन्न प्रस्तुति गरिएको थियो। 

हेर्नुस् शपथग्रहणका केही तस्वीर

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.