|

जुम्ला : यहाँको तिला गाउँपालिका तथा चन्दननाथ नगरपालिकाको गाउँ/नगर कार्यपालिकाको चुनावमा कांग्रेस–माओवादी गठबन्धन विजयी भएको छ।

तिला गाउँ कार्यपालिकाको महिला सदस्यमा नेपाली कांग्रेसका ब्यूरा नेपाली, सपुरा कामी र नेकपा माओवादी केन्द्रका लक्ष्मी रावत (रोकाया) र बाटु बुढा सबैले जम्मा खसेको ४५ मतमा २८/२८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए।

दलित अल्पसङ्ख्यकमा नेपाली कांग्रेसका हरिलाल नेपाली र नेकपा माओवादी केन्द्रका लालबहादुर सुनारले पनि २८/२८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत पौडेलेले बताए।

त्यसैगरी, चन्दननाथ नगर कार्यपालिकाको महिला सदस्यमा नेपाली कांग्रेसका विष्णुमाया शाही, माया गिरी र माओवादी केन्द्रका विनु शाही, उमादेवी उपाध्याय, चन्द्रावती उपाध्यायले खसेको जम्मा ५२ मतमा सबैले ३४/३४ मत प्राप्त गरी विजयी भएको मुख्य जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए।

दलित अल्पसङ्ख्यकमा भने कांग्रेसका कालो सार्कीले ३५, पेरम सुनारले ३४ र माओवादी केन्द्रका राजेश कामीले ३४ मत ल्याएर विजय भएको जिल्ला निर्वाचन अधिकारी सुवेदीले बताए।

जुम्लामा ८ स्थानीय तह छन्। वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा ४ स्थानीय तहमा कांग्रेस, ३ स्थानीय तहमा माओवादी केन्द्र र एउटा स्थानीय तहमा एमालेले प्रमुख/अध्यक्ष जितेका थिए।

यो पनि पढ्नुस्ः चुनाव भएका ठाउँमा बाँकी नै छ स्थानीय कार्यपालिका गठन, यस्तो छ संवैधानिक व्यवस्था

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.