|
Photo : unhcr.org

रियो ओलम्पिक-२०१६ मा १० यस्ता खेलाडी छन्, जसले कुनै पनि देशबाट प्रतिनिधित्व गर्ने छैनन्। ती १० खेलाडीले इन्टरनेशनल ओलम्पिक एसोसियसन(आईओसी)को टोलीको रूपमा ओलम्पिकमा प्रतिष्पर्धा गर्दैछन्। 

रिफ्युजी टिम नाम दिइएको १० जनाको टोलीको कुनै घर छैन्, देश छैन्, कुनै झण्डा छैन्, कुनै राष्ट्रिय गान छैन्। उनीहरूले यदी ओलम्पिकमा कुनै पदक जित्न सफल भए भने पनि यो कुनै देशको नाममा जाने छैन्। रिफ्युजी टोलीलाई आईओसीले नै जर्सी प्रदान गर्नेछ भने आईओसीकै झण्डा मुनी रहेको प्रतिष्पर्धा गर्नेछन्। 
रिफ्युजी टोलीमा सीरिया, दक्षिण सुडान, कंगो र इथियोपियाका खेलाडी सहभागी रहेका छन्। यी १० खेलाडीलाई ४३ खेलाडीबाट आईओसीले चुनेको हो। १० खेलाडीमध्ये ४ महिला खेलाडी समेत रहेका छन्। 

यो टोलीलाई आईओसीले आफ्नो निगरानीमा तयारी गराएको छ। उनीहरूलाई प्रशिक्षण दिनका लागि प्रशिक्षकको व्यवस्था पनि आईओसीले नै गरेको हो। अन्य देशका खेलाडीको जस्तै यी खेलाडीको डोपिङ टेष्ट भएको थियो। 

आईओसीका अध्यक्ष थोमस बाचले यो टोलीमार्फत विश्वलाई सन्देश दिन चाहेको बताएका छन्। उनले भने, 'हामी यो टोलीलाई रियो ओलम्पिकमा स्वागत गर्दै सकारात्मक सन्देश दिन चाहन्छौँ। हामी रिफ्युजी(शरणार्थी)लाई पनि ठाउँ दिन्छौ भन्ने बताउन चाहन्छौँ। यसले पुरै विश्वलाई नै प्रभावित गर्नेछ।'

को-को छन् यो रिफ्युजी टोलीमा, कुन खेलमास लिँदै छन् भाग?
- रामी अनिस : अनिस सीरियाका हुन् र उनले स्विमिङमा भाग लिँदैछन्। 
- युसरा मार्दिनी : मार्दिनी सीरियाकी हुन् र उनले पनि स्विमिङमा भाग लिँदैछिन्। 
- एन्जेलिना नाडा लोहालिथ : लोहालिथ दक्षिण सुडानकी हुन् र उनले एथ्लेटिक्स अर्थात् १५ सय मिटर दौडमा भाग लिने भएकी छन्। 
- पिपल मिसेन्जे : मिसेन्जे कंगोका हुन् र उनले जुडोमा ९० केजीको स्पर्धामा भाग लिँदैछन्। 
- जेम्स नियांग चेंगजिक : चेंगजिक दक्षिण सुडानका हुन् र उनले एथ्लेटिक्स अर्थात् ४ सय मिटर दौडमा भाग लिँदैछन्। 
- पाउलो एमाटुन लोकोरो : लोकोरो दक्षिण सुडानका हुन् र उनले पनि एथ्लेटिक्स अर्थात् १५ सय मिटर दौडमा भाग लिँदैछन्। 
- रोज नाथिक लोकोनेन : लोकोनेन दक्षिण सुडानकी हुन् र उनले एथ्लेटिक्स अर्थात् ८ सय मिटर दौडमा भाग लिँदैछिन्। 
- येच पुर बेल : बेल दक्षिण सुडानका हुन् र उनले पनि एथ्लेटिक्स अर्थात् ८ सय मिटर दौडमा भाग लिँदैछन्। 
- योलान्डे बुकासा माविका : उनी कंगोकी हुन् र उनले जुडोको ७० केजी स्पर्धामा भाग लिँदैछिन्। 
- योनास किन्डे : उनी इथियोपियाका हुन् र उनले एथ्लेटिक्स अर्थात् म्याराथुनमा भाग लिँदैछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.