|

सुर्खेत : प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको वीरेन्द्रनगरमा लागेको आगो दमकलको अभावमा समयमै नियन्त्रणमा लिन नसक्दा लाखौँको क्षति भएको छ।

नगरपालिकासँग दमकल नहुँदा वीरेन्द्रनगर– १० मा रहेको ‘न्यू कोटेश्वर टायर रिसोलिङ सेन्टर’मा लागेको आगो नियन्त्रणमा लिन छिमेकी भेरीगंगा नगरपालिकाबाट दमकल मगाउनु परेको थियो। यद्यपी दमकल आइपुग्दा नेपाली सेना, प्रहरी र स्थानीयले ३ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिइसकेका थिए। आगो निभाउनका लागि बुलबुले तालको पानी प्रयोग गरिएको थियो।

आगलागीबाट झण्डै ३ करोड बराबरको क्षति भएको पीडित पक्षको दाबी छ।

वीरेन्द्रनगरमा दमकल खरिदका लागि सरकारले बजेटमार्फत ६० लाख उपलब्ध गराएको थियो। सो रकमबाट खरिद गरिएको दमकल भेरीगंगा नगरपालिका पठाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.