|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : नेकपा माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिकामा विजयी भएका प्रमुख-उपप्रमुख लगाएत नगरसभा सदस्यहरुलाई शुक्रबार सम्मान गरेको छ। नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका नेता कृष्णप्रसाद सापकोटा देशबन्धुले विजयीहरुलाई सम्मान गरेको हुन्। उनले सम्मान गर्दै विजयीहरुलाई जनताको आशालाई निभ्न नदिन आग्रह गरे।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीले जितेको छ। यस नगरपालिकाद्वारा माओवादीको पहिचान स्थापित गराउन लाग्न सबै विजयीहरुलाई आग्रह गरे। यस्तै, नेकपा माओवादी केन्द्रका चौतारा साँगाचोकगढी नगरपालिकाका नगर इन्चार्ज युवाराज दुलाल शरदले पनि यस नगरपालिकामा माओवादी मजबुद रहेको बताए। हामीहरुले अहिलेको जितलाई हेरेर आगामी ५ वर्षमा नगरलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर लाग्नुपर्नेमा जोड दिन आग्रह गरे।

चौतारा साँगाचोकगढी नगरपालिकामा जित दर्ता गराएका प्रमुख अमानसिंह तामाङ, उपप्रमुखमा जानुका पराजुलीले जितेका थिए। १४ वटा वडा रहेको यस नगरपालिकामा ७ वटामा माओवादीले जितेको थियो।

वडा ४ मा चुडामणि नेपालको प्यानल, वडा नं. ५ मा नरमान श्रेष्ठको प्यानल,  वडा नं. ७ मा उमाप्रसाद दुलालको प्यानल, वडा नं. ९ मा विष्णु तामाङको प्यानल, वडा न ११ मा सुशील माझीको प्यानल, वडा न १३ मा रामप्रसाद गौतमको प्यानल, वडा न १४ मा शेरबहादुर श्रेष्ठको प्यानल विजयी भएको थियो। वडाध्यक्ष विजयीलगायत सबै प्यानललाई शुक्रबार सम्मान गरेको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.