|

सल्यान : २० जेठ । शारदा नदी किनारमा खाल्डो पारेर जम्मा गरेको पानी पिउँदै आएका  कालिमाटी गाउँपालिका–१ धुम्का गाउँका बासिन्दा वर्षा नजिकिँदै गर्दा चिन्तित हुन्छन्। 

'वर्षायाममा नदीमा धमिलो पानी आउने भएकाले खानेपानीको ठूलाे समस्या हुन्छ', स्थानीय गणेशबहादुर रेउलेले भने, 'नजिक पानीको स्रोत कतै नभएकाले वर्षौंदेखि यो समस्या भोग्दै अाएका छौं।' 

धमिलो र फोहोर छ भन्ने थाहा पाउँदापाउँदै विकल्प नभएपछि बाध्यताले खानेपानीको रूपमा प्रयोग गर्दै आएको स्थानीयवासी मीना रावतले जानकारी दिइन्। 'गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ, विकल्प नै नभएपछि के गर्ने?' रावतले भने। नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ। 

'खानेपानीको समस्या लिएर जिल्लाका सबै सरोकारवाला निकायमा पुगिसक्यौं', स्थानीय बुद्धिप्रसाद रेउलेले भने, 'नदीपारि एक घण्टा हिँडेर पानीको मुहानसम्म पुगिने भए पनि पुल नहुँदा नदी तरेर पानी ल्याउन गाह्रो छ। 

धुम्का गाउँका २५ घरपरिवार नदीको दूषित पानी पिउन बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.