प्रजनन समय भएकाले नदीको छेउछाउ नजान राष्ट्रिय निकुञ्जको आग्रह

|

चितवन : चितवन राष्ट्रिय निकुञ्जले अहिलेको मौसम गोहीको प्रजननको समय भएकाले नदी आसपास जाने क्रममा विशेष ध्यान दिन आग्रह गरेको छ।चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याललले अण्डा पारेर अहिले लुकाउने समय भएकाले यो समयमा गोही थप आक्रामक हुने बताए।

निकुञ्जको पूर्वी सेक्टर अन्तरगतको इचर्नी खोलानजिकै गोहीले मानिसलाई आक्रमण गरी हात नै चुँडेर लगेपछि निकुञ्जले नदी आसपासमा सचेत हुनु भनेको हो।‘प्रजननको समयमा आक्रामक हुने भएकाले टाढैबाट पनि गोही आउन सक्छ, अर्यालले भने, विशेष ध्यान नदिए मानिसको ज्यानै लिन्छ।’ अहिले माछा मार्ने सिजन समेत नभएकाले यसतर्फ पनि निकुञ्जले ध्यानाकर्षण गराएको छ।

दुई दिनअघि गाउँ बुधबार चितवनको कुमरोजस्थित ईचर्नी खोलामा माछा मार्ने क्रममा गोहीले समाएर स्थानीय प्रसाद महत्तोको हात नै खाइदिएको थियो। उनको अहिले भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ।

यसअघि गएको चैतमा पनि पौडी खेल्ने क्रममा चितवनको जगतपुरका अर्जुन हरिजनलाई गोहीले आक्रमण गरेको थियो। यस्ता घटना यहाँ दोहोरिरहेकाले निकुञ्जले यसतर्फ सचेत हुन भनेको छ।

तियारी जालको प्रयोगले एकातर्फ जालमा अड्किएर गोहीको मुत्यु हुने र अर्कोतर्फ मानिसको ज्यानसमेत जोखिम हुने भएकाले निकुञ्जको राप्ती र नारायणी नदी तथा शाखा खोलाहरुमा नजानसमेत निकुञ्जले आग्रह गरेको छ।  अहिले गोहीको प्रजननको बेला भएकाले नदी छेउछाउ उसले निगरानीमा राख्ने गरेको हुन्छ।

चितवन निकुञ्जको गोही प्रजनन केन्द्रका प्रमुख तथा सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले अहिले मगर गोहीहरु बढी प्रजनन्को मौसम भएकाले सक्रिय हुने गरेको बताउँदै नदी छेउमा जे देखे पनि आक्रमण गरिहाल्ने रिसाहा प्रवृत्तिको भएर बस्ने गरेको बताए। पछिल्लो तथ्यांकमा चितवनको यो दुई नदीमा १ सय ६८ वटा गोही फेला पारिएको थियो। केही समयअघि यहाँ एउटा गोही जालमा अड्किएर मरेको पाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.