काभ्रे : भूम्लु गाउँपालिका–९ का हरी प्रसाद पराजुलीको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खोलाबाट खेतमा कुलो बनाई लैजाने क्रममा खोलामा डुबेर बेपत्ता भएको केही समयपछि पराजुली मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दियो। ‘खोलामा डुबेर मृत्यू भएको जानकारी आएको छ, जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनराज राईले भने ‘आवश्यक छानविनको भइरहेको छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।