|
फाइल फोटो

काठमाडौं : कांग्रेस कार्यसम्पादन समितिको शनिबारको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न सभापति शेरबहादुर देउवालाई गरेका छन्। निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह निर्वाचनमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसरी र कसले चलाउने भन्ने प्रश्नसमेत गरेका थिए।

कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने भन्ने अहिलेको चासो र चिन्ता भएको जनाउँदै पौडेलले भने, 'पार्टीभित्र गतिशिलता कसरी पैदा गर्ने ? कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने ? के गरी जनतामा आशा र भरोसा जगाउने भन्नेतर्फ हाम्रो ध्यान जानुपर्छ।'

पौडेलले पार्टीले ठीक समयमा ठीक निर्णय लिन नसक्दा समर्थकहरुले छाड्दै जान थालेको भन्दै नेतृत्वलाई सचेत गराए। नयाँ प्रधानमन्त्री चयन, सरकार गठन र पार्टी सञ्चालयनका विषयमा आन्तरिक छलफल नभएको भन्दै उनले असन्तुष्टि पनि पोखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.