|

सुर्खेत : वीरेन्द्रनगर नगर कार्यपालिकाले पूर्णता पाएको छ। कार्यपालिकाका ८ सदस्यका लागि शनिबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानललाई पछाडि पार्दै एमाले विजयी भएको हो।

वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले उपप्रमुखसहित ९ वटा वडामा जीत हात पारेको थियो।

महिला सदस्यमा समान ५२ मत प्राप्त गरेर सरिता चौधरी, लक्ष्मीकुमारी विक, शान्ता खड्का, टिकाकुमारी गुरुङ घले र यमुना नेपाली निर्वाचित भएका छन्। उनीहरु सबै एमालेका तर्फबाट निर्वाचित भएका हुन्।

यसैगरी दलित तथा लोपोन्मुख सदस्यमा पनि एमालेका उम्मेदवारहरु विजयी भएका छन्। जसमा राजु नेपालीले ५० मत प्राप्त गरिन् भने डण्डबहादुर विक ५२ मत प्राप्त गरी निर्वाचित भए।

२६ सदस्यीय वीरेन्द्रनगर नगर कार्यपालिकामा एमालेको उपप्रमुखसहित १८ जना, नेपाली कांग्रेसको प्रमुखसहित ७ र माओवादी केन्द्रको १ जना सदस्य भएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट