स्वास्थ्य

फेरि स्वास्थ्य मन्त्री हुने गगन थापाको चाहना, भन्छन् - थालेको काम पूरा गर्न मन छ
SHARES

जेठ २१, २०७४

    काठमाडौं : स्वास्थ्य मन्त्री गगन थापाले थापाले आफू पुन: स्वास्थ्य मन्त्री हुने इच्छा व्यक्त गरेका छन्।

    विदा हुनुअघि आइतबार स्वास्थ्य मन्त्रालय आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा मन्त्री थापाले आफूले थालेका काम पूरा गर्नका लागि फेरि एक पटक स्वास्थ्यमन्त्री बन्ने इच्छा जाहेर गरेका हुन्। 'मेरो व्यक्तिगत इच्छा भन्ने हो भने मलाई पुन: स्वास्थ्यमन्त्री भएर आफूले थालेका केही महत्वपूर्ण नीतिगत र अरु थुप्रै कामहरुलाई पूर्णता दिन मन छ,' मन्त्री थापाले भने।

    फेरि पनि स्वास्थ्य मन्त्रालय सम्हाल्न पाए अझै धेरै काम गर्न सकिन्छ भन्ने विश्वास जागेको उनले सुनाए। ‘मैले साढे नौ महिनाको अवधिमा स्वास्थ्यमा धेरै काम गर्न सकिने रहेछ भन्ने थाहा पाएँ, धेरै कामको सुरुवात पनि गरेँ,' उनले भने, 'म फेरि आएँ भने अझै धेरै गर्न सकिन्छ भन्ने विश्वास छ।'

    यो साढे ९ महिनको अवधिले आफूलाई थप परिपक्व बनाएको उनको भनाइ छ। 'साढे ९ महिनामा स्वास्थ्य मन्त्रालयमा मैले धेरै कुरा सिकेँ, जसले मलाई परिपक्व बनाएको छ,' मन्त्री थापाले भने, 'म कृषि तथा जलस्रोतको मान्छे स्वास्थ्यमा आएर धेरै कुरा सिकेँ, म त हेल्थको विद्यार्थी जस्तो भएँ, अब यहाँ नरहे पनि एक जनप्रतिधिको रुपमा बाहिरबाटै स्वास्थ्यक्षेत्रको काम गर्नेछु।'

    मन्त्री थापाले आफ्नो साढे ९ महिने कार्यकालमा धेरै नीतिगत तथा अन्य सुधारहरु भएको दावी गरेका छन्। अघिल्लो आर्थिक वर्षको बजेट र कार्यक्रम आइसकेको, नेपालको स्वास्थ्य क्षेत्र खासै राम्रो नभएको अवस्थामा आफू मन्त्री बनेको भन्दै उनले चुनौतिपूर्ण अवस्थामा पनि स्वास्थ्य क्षेत्रमा धेरै नीतिगत र परिवर्तनकारी कामहरु गरेको बताए।

    उनले भने 'अघिल्लो आर्थिक वर्षको बजेट आइसकेको र नेपाल हेल्थ सेक्टर स्ट्राट्रेजी खासै राम्रो नभएको अवस्थामा म मन्त्री बनेँ, यस्तो चुनौतिपूर्ण अवस्थामा स्वास्थ्य मन्त्री बने पनि धेरै नीतिगत र व्यवहारिक काम गरेँ कति पूरा गर्न भ्याइन' उनले भने 'यो बीचमा सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक, उपकरण पठाइए, स्वास्थ्य संस्था र अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीको सुविधा बढाएर कार्यअवधी पनि बढाइए।'

    थापाले आफ्नो कार्यकालमा सरकारी अस्पतालभित्र अनिवार्य फार्मेसीको व्यवस्था गर्न निर्देशिका बनाइएको र अहिलेसम्म ६१ अस्पतालमा फार्मेसी भइसकेको विवरण पेश गरे। विभिन्न अस्प्तालमा विकास समिति गठन, मृगौला प्रत्यारोपण निशुल्क, बाथ मुटुरोगको निशुल्क उपचार, महिलाहरुको पाठेघर परीक्षण निशुल्क लगायतका काम गरेको पनि थापाले बताए।

    मन्त्री थापाले अब सबै स्थानीय तहमा नयाँ संरचना अनुसारको स्वास्थ्य सेवा विस्तार गर्नु पर्ने हुँदा अब आउने स्वास्थ्य मन्त्रीले सोही अनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताए। सो अवसरमा बोल्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले नयाँ सरकारमा पनि थापा स्वास्थ्य मन्त्रीको रुपमा दोहोरिने ठोकुवा गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]