|

काठमाडौं :  बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) सँग सम्झौता गरेको छ।१२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसीका अध्यक्ष एलभी जेजियाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढी गण्डकी आयोजना धेरै महत्वपूर्ण रहेको बताउँदै तोकएको समयभित्रै गुणस्तरीयढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गरे। नेपालस्थित चिनियाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहको सहभागिता थियो।

यही जेठ ९ गतेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.