|

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका वडा नं.-६ तीनपिप्लेमा आइतबार बिहान ८: ५० बजे यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।

अरनिको यातायातको बा २ ख ६४४१ नम्बरको बस काठमाडौंबाट काभ्रेको कोसीपारि मादनकुँडरीतर्फ जाँदै गर्दा तीनपिप्लेमा दुघर्टना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनराज राईले बताए। उनका अनुसार सडक छेउमा रोकिराखेको गाडीलाई ओभरटेक गर्दा विपरीत दिशातर्फ आइरहेको गाडीलाई साइड दिन खोज्दा अनियन्त्रित भई सडक छेउमा खस्न पुगेको हो।

घाइतेहरुको धुलिखेलस्थित धुलिखेल सामु्दायिक अस्पतालमा उपचार भइरहेको छ। ३८ जना घाइतेहरु सामान्य नै रहेका छन्, तर तीमध्ये तुलनात्मक रुपमा ४ जना अलि बढी घाइते भए पनि सबै खतरा मुक्त रहेका डिएसपी नवीनराज राईले जानकारी दिए। बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.