|

केही वर्षअघि मैले राजा वीरेन्द्रको शासन चलिरहेको भए यति चाँडै गणतन्त्र आउने थिएन भनेर लेख्दा धेरै साथीले मलाई डामेका थिए। आन्दोलनको महत्त्व र शक्तिलाई न्यूनीकरण गर्ने कोसिस भयो पनि भने। तर सत्य मर्दैन। नयाँ कुरा आजको भोलि नै स्थापित भइदियोस् भनेर कसैले अपेक्षा गर्नु पनि हुँदैन। 

आन्दोलनको हिसाबले गणतन्त्र कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै थियो। तर गणतन्त्रको कार्यक्रम बोकेको कम्युनिस्ट पार्टीका महासचिवले सक्रिय राजतन्त्रलाई बलियो बनाउन आड दिए। समाजवादको नारा बोकेका काङ्ग्रेस पार्टीका सत्तरी प्रतिशतभन्दा बढी नेता र सांसदले ‘माटो सुहाउँदो पञ्चायत’लाई बलियो बनाउने काम गरे। अहिलेका केही सीमित नेताले गणतन्त्रका नाउँमा जस्तो भद्रगोल मच्चाएका छन्, त्यसले नागरिक मनमा पार्टीको विकल्प खोज्न लगाइरहेको छ। रञ्जु दर्शनाले प्राप्त गरेको मत त्यही विकल्पको अभिमत हो। मत गणनामा उनी तेस्रो भइन्।

त्यसैले प्रणाली भन्नेवित्तिकै त्यो स्वतः राम्रो हुन्छ भन्ने तर्क कसैले नगरे हुन्छ। कुनै पनि प्रणालीमा व्यक्तिको भूमिका प्रधान हुन्छ। अन्तको कुरा नगरौँ, हाम्रै देशको उदाहरणले यसको पुष्टि गरिसकेको छ। प्रणालीलाई सर्वोपरि ठानियो भने हामी अहिलेको भद्रगोलतन्त्रबाट कहिल्यै बाहिर निस्कन सक्दैनौँ। अहिलेको प्रणालीलाई सङ्घीय लोकतान्त्रिक प्रणाली भनिएको छ तर यहाँ न सङ्घीयता छ, न लोकतन्त्र।

त्यसैले मैले राजा वीरेन्द्रको चर्चा गर्न खोजेको हुँ। राजा वीरेन्द्र बेलायतको राजसंस्थालाई नजिकबाट अध्ययन गर्ने नेपालका प्रथम राजा हुन्। नेपालको पैदल यात्रा गर्ने युवराज पनि उनी नै पहिला हुन्। बेलायतको राजतन्त्रात्मक प्रणालीले उनलाई कति ज्ञान दियो र राजा हुनुअघि गरिएको नेपालको पैदल यात्राले उनलाई कति नेपालप्रेमी बनायो? त्यो खोजको विषय हो। उनी राजा त थिए नै। त्यो पनि पञ्चायत राजको। 

तर उनी सुधारवादी राजा थिए। उनको वरिपरि एउटा फलामे बार थियो, सामन्ती राजतन्त्रको। राजा महेन्द्रको प्रशिक्षणमा हुर्किएका दरबारिया र नोकरशाहको घेराबन्दीमा परे पनि उनले तत्कालीन परिस्थितिमा सुधारसँग जोडिएका कामहरू गर्न कोसिस गरेका थिए। तर सबै क्षेत्रमा उनी असफल भए। उनी वरिपरिको परिवेशले उनलाई सफल हुन दिँदैनथ्यो पनि। उनको ‘गाउँ फर्क अभियान’ सकारात्मक विकासको एउटा पाइलो थियो। उनले विश्वास गरेका पञ्चहरूले नै त्यसलाई असफल गराइदिए र सुधारको अभियानलाई निरङ्कुश प्रणालीका मूल आधार बनाइदिए।

राजा वीरेन्द्र पनि दक्षिण र पश्चिमा शक्तिद्वारा रुचाइएका व्यक्ति थिएनन्। सुधारवादी भएको हुनाले उनले संसदीय प्रजातन्त्रमा संवैधानिक राजा भएर बस्न माने। नेपालमै पनि कट्टर पञ्चले उनको मौनतालाई रुचाइरहेको थिएन। बिस्तारै दरबारभित्रै उनको हत्याको वातावरण बनाउनेहरूको भीड जम्मा हुन थाल्यो।

नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने उनको अन्तर्राष्ट्रिय प्रस्ताव पनि समयानुकूल नै थियो। तर नारायणहिटी दरबार र सिंहदरबार दुवैमा भरिएका भारतीय मानव संशाधनहरूका कारण त्यो पनि असफल भयो। केही समयअघि एक जना शोध विद्यार्थीले ‘काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरूले शान्तिक्षेत्रको समर्थन नगरेर भारतलाई सहयोग गरेका हुन्?’ भनी मसँग जिज्ञासा राखेका थिए। काङ्ग्रेस र कम्युनिस्ट देशभित्र प्रजातन्त्र, शान्ति र मानवअधिकारको पक्षमा सङ्घर्ष गरिरहेका थिए। त्यसैले उनीहरूले राजाको शान्तिक्षेत्रको प्रस्तावलाई समर्थन गर्ने कुरै भएन।

स्नातकोत्तरका विद्यार्थीलाई प्रमाणपत्र दिनुअघि नेपालका गाउँघरमा पठाएर नेपालसँग परिचित गराउने उनको सोच पनि सकारात्मक नै थियो। उनले चलाएको भनेर यो परिपाटीलाई बहुदलीय व्यवस्थामा खारेज गरियो। यति मात्र होइन, विद्यार्थी आन्दोलनका कारण घोषणा गरिएको जनमतसङ्ग्रह पनि राजा वीरेन्द्रको सुधार अभियानकै सोच थियो। तर उनको वरिपरि भेला भएका दरबारियाहरूले जनमतसङ्ग्रहलाई विनाशको बाहक बनाई दिए। पञ्चायतकालमा राजा वीरेन्द्रको वरिपरि अनुदार पञ्चहरू भेला भएका थिए। तिनका लागि सुधार, शान्ति, विकास, प्रजातन्त्र जस्ता शब्द गुहिएकीरा जस्ता लाग्थे।

राजा वीरेन्द्रको सबैभन्दा ठूलो कमजोरी भनेको आपूm वरिपरिको अनुदार पञ्चको जालो काट्न नसक्नु नै थियो। उनी काम नलाग्ने, संभ्रान्त, स्वार्थी र सोचमा असफल मानिसहरूको फलामे बारभित्र थुनिएका थिए। त्यसैले पनि उनले आपूmलाई ‘संसदीय प्रजातन्त्र एवं संवैधानिक राजतन्त्र’को पद्धतिलाई स्वीकार गरे। दरबारभित्रको अन्तरसङ्घर्षको जानकारी कसैले दिँदैनन्, दरबार रहेसम्म। चुहिएर आएका कुराहरू कति विश्वास गर्ने, कति नगर्ने? यो व्यक्ति–व्यक्तिको क्षमताको कुरा हो। 

सत्यापन गर्ने समय पछि आउला। तर ०४७ मा उनले भनेका थिए रे– ‘भारत सामु झुक्नुभन्दा नेपाली सामु झुक्नु मलाई सहज लाग्छ।’ अर्थात् राजा वीरेन्द्र अहिलेका लम्पसारवादी नेताभन्दा अलिक माथि नै थिएछन्।

नेपालमा दुई जना नेताको हत्यामा अन्तर्राष्ट्रिय संलग्नता भएको ठानिन्छ। पहिले २०५० सालमा जननेता मदन भण्डारी र २०५८ सालमा राजा वीरेन्द्रको। राजनीतिक हत्याको, त्यसमाथि पनि अन्तर्राष्ट्रिय गिरोह सामेल भएको राजनीतिक हत्याको पोल खुल्न निकै गाह्रो हुन्छ। तर परिस्थिति र व्यक्तित्वको विश्लेषण गर्दा कुनै न कुनै दिन सत्य खुल्छ। मदन भण्डारीको हत्यालाई मैले दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव क्रिस हानीसँग जोडेको छु। नेल्सन मण्डेलापछिका दोस्रा नेता क्रिस हानीको हत्याले दक्षिण अफ्रिकाको विकासको गतिलाई सिथिल पार्ने काम गरेको छ भने नेपालमा पनि मदन भण्डारीको हत्यापछिको बीस वर्षसम्म राजनीति अलमलिएको अलमलिएकै छ।

राजा वीरेन्द्र पनि दक्षिण र पश्चिमा शक्तिद्वारा रुचाइएका व्यक्ति थिएनन्। सुधारवादी भएको हुनाले उनले संसदीय प्रजातन्त्रमा संवैधानिक राजा भएर बस्न माने। नेपालमै पनि कट्टर पञ्चले उनको मौनतालाई रुचाइरहेको थिएन। बिस्तारै दरबारभित्रै उनका विरुद्ध हत्याकोे वातावरण बनाउनेहरूको भीड जम्मा हुन थाल्यो। अनुकूल मौका मिल्नेबित्तिकै त्यसले राजा वीरेन्द्र मात्र होइन, उनको वंश नै समाप्त पारिदियो। यो कुनै सनकमा दीपेन्द्र वा सत्तालिप्साका कारण ज्ञानेन्द्रबाट भएको हत्याकाण्ड होइन। पश्चिम र दक्षिणको मालपानी खानेले नै यो हत्याकाण्ड मच्चाएका हुन्।

मदन भण्डारीलाई मारेर पनि आफ्नो अभीष्ट प्राप्त नभएको शक्तिले नै राजा वीरेन्द्रको हत्या गरेको हो। मदन भण्डारीको हत्यापछि जसरी नेपालको राजनीति गन्जागोलमा फस्यो, बाह्य शक्तिले माओवादीलाई पाल्ने पोस्ने काम ग¥यो।  राजा वीरेन्द्रको हत्यापछि त्यसरी नै त्यो शक्तिले नेपाली राजनीतिलाई भुँवरीमा हालिदिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अरु कुरा बारेमा ठिकै कुरा आएछन् । तर राजा महेन्द्रले नै युवराज वीरेन्द्रलाई देशको वस्तुस्थिति बुझ्न नेपालभर घुम्न पठाएका हुन् भन्ने आएन । छोराले देश चिनोस् भनेर तयार पार्ने काम महेन्द्र राजाले गरेका हुन् । यसमा कञ्जुस्याईं गर्न हुँदैन । अर्को कुरा गाउँ फर्क राष्ट्रिय अभियान को शुरु राजा महेन्द्रले गरेकाहुन् राजा वीरेन्द्रले होइन । तथ्यमा फरक परेको छ ।

  • राजा वीरेन्द्र पनि दक्षिण र पश्चिमा शक्तिद्वारा रुचाइएका व्यक्ति थिएनन्। सुधारवादी भएको हुनाले उनले संसदीय प्रजातन्त्रमा संवैधानिक राजा भएर बस्न माने। नेपालमै पनि कट्टर पञ्चले उनको मौनतालाई रुचाइरहेको थिएन। बिस्तारै दरबारभित्रै उनका विरुद्ध हत्याकोे वातावरण बनाउनेहरूको भीड जम्मा हुन थाल्यो। अनुकूल मौका मिल्नेबित्तिकै त्यसले राजा वीरेन्द्र मात्र होइन, उनको वंश नै समाप्त पारिदियो। यो कुनै सनकमा दीपेन्द्र वा सत्तालिप्साका कारण ज्ञानेन्द्रबाट भएको हत्याकाण्ड होइन। पश्चिम र दक्षिणको मालपानी खानेले नै यो हत्याकाण्ड मच्चाएका हुन्। Read more at: http://thahakhabar.com/news/17317

  • Very close to the truth. There is denying that Kings have always been the victims of Sonia's RAW's designs.

  • Yatro mahattapurn khabar ahile samma kin lukayera rakhnu bhako thiye pardip jiu . Tpai ko lekh ma totly rajniti ko jhalko xa sorry maile ta pattyaye na