|

इटहरी : स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय सुनिश्चितताको मागसहित मुलुकको पूर्वी भागलाई कार्यक्षेत्र बनाई गठित लिम्बुवान पार्टीहरु छिन्नभिन्न भएका छन्। व्यक्तिगत स्वार्थका लागि नेतृत्व टक्करले लिम्बुवानका नाममा खुलेका पार्टी फुट्नुका साथै असन्तुष्ट समूह पार्टीमा विलय हुने क्रम बढ्दै गएको छ।

पूर्वका अधिकांश जिल्लामा केही समययता यी पार्टीका गतिविधि शून्यपायः छन्।  लिम्बुवानवादीले उठाएका एजेन्डा कमजोर हुँदै गएकाले सम्बद्ध दलको अस्तित्व संकटमा परेको जनकारहरु बताउँछन्। लिम्बुवानवादीले अरुण–सप्तकोसी पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्ल समेटेर स्वायत्त लिम्बुवान राज्य गठन हुनुपर्ने माग राख्दै आएका छन्।
महेन्द्र बहुमुखी क्याम्पस इलाममा इतिहास विषयका उपप्रध्यापक तथा लिम्बुवान संस्कृति अध्येता मोहनसिंह थेवे लिम्बुवानले उठाएका मुद्दा दीर्घकालीन नभएकाले समग्र आन्दोलन विसर्जनतर्फ उन्मुख भएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.