|

  • सविता जिसी-

सुर्खेत :  कालिकोट रास्कोट नगरपालिका ७ कि ४ वर्षीया मन्सरा लुवारले अचम्मको स्वास्थ्य समस्या भोग्नुपरेको छ। दुई वर्षअघि कुलोमा लडेकी उनको दाहिने आँखामा ५ सय ग्राम बढी तौलकोको मासुको डल्लो देखिएको छ।

मन्सराको दाँया आँखामा लागेको चोटको घाउ बल्झिएर छ महिना पहिले क्यान्सरमा परिणत भएको बालिकाको लाई लिएर उपचारका लागि काठमाडौँ हिडेका उनका आफन्त कालीबहादर महाताराले बताएका छन्।

मन्सरा लुवार रने लुवारका ६ सन्तानमध्ये कान्छी हुन्। मन्सराको जिल्लामै आँखा उपचार गर्दा समस्या जटिल रहेको थाहा पाएको र उपचार सहयोगका लागि हारगुहार गर्न थालेपछि आफूले बालिकाको उपचारका लागि पहल थालेको महताराले बताए।

कमजोर आर्थिक अवस्थाका उनीहरुलाई यो समस्याको उपचार गर्न कति रकम लाग्छ र कहाँ हुन्छ भन्ने पनि थाहा छैन। जिल्ला आखा अस्पताल कालिकोटले मन्सराको थप उपचारका लागि काठमाडौं रिफर गरेको भए पनि उपचार गर्नका लागि अस्पताल तोकेको छैन। मनसराका बुबा रने लुवारले आफ्नी छोरीको उपचार सहयोगका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।

उपचारका लागि काठमाडौं हिडेका लुवारका परिवारसँग रफत सञ्चार क्लव सुर्खेतले सोमबार आयोजना गरेको साक्षात्कारमा उनका बुबा रने लुवारले बालीकालाई बचाइदिन आग्रह गरेका छन्। मन्सरा उपचारको लागि सहयोग जुटाउनका सानिमा बैंक शाखा कालिकोटमा मन्सरा लुवारको नाममा खाता खोलिएको छ। इच्छुकले उपचारका लागि अर्थिक सहयोग गर्न सानिमा बैंकको कालिकोट शाखास्थित मन्सरा लुवारको नाममा रहेको ०४४००००००१००M नम्बरको खातामा रकम जम्मा गर्न सकिने मह ताराको भनाइ छ।

बालिकाको उपचारका लागि सुर्खेतका व्यवसायी भद्र भण्डारीले ३ हजार, माओवादी केन्द्र सुर्खेतका अध्यक्ष कृष्ण जिसी जितेन्द्रले २ हजार र अखिल क्रातिन्कारी सुर्खेतका अध्यक्ष महेश जिसीले २ हजार रुपैयाँ सोमबार नै सहयोग गरेका छन्। यस्तै सुर्खेतदेखि काठमाडौं जानका लागि बालिकाका आफन्तका लागि काक्रेबिहार यातायात व्यवसायी संघ सुर्खेतले २ वटा टिकट निशुल्क उपलब्ध गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.