|
फाइल फोटो

राजविराज : राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यतिबेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिकाका मेयर-उपमेयरलगायत विभिन्न पदमा आफूअनुकुलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्।

मधेस आन्दोलनको सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घण्टौं सक्रिय रहेको पार्टी निकट स्रोतको दाबी छ। 'मधेस आन्दोलनका एक सहिदकी पत्नीलाई पार्टीको टिकटमा उम्मेदवार बनाउन उहाँ सक्रिय देखिनुभा'छ,' स्रोतले भन्यो, 'पार्टीले चुनाव बहिष्कार गर्ने बताइरहँदा केन्द्रीयस्तरका वरिष्ठ नेताको रबैयाले स्थानीय कार्यकर्ता अन्यौलमा छन्।

६ मधेसकेन्द्रित दल एकीकरण भएर निर्माण भएको राजपा अझै पनि औपचारिकरुपमा चुनावको विरोधमै छ। शनिबार मात्रै राजपा सप्तरीले विज्ञप्ति जारी गर्दै संविधान संशोधन नभई चुनावमा नजाने तथा संविधान संशोधन प्रक्रियामा बाधक देखिएको एमालेले सप्तरीमा गर्ने जुनसुकै कार्यक्रमको प्रतिवाद गर्ने जनाएको थियो।

यसरी सार्वजनिक रुपमा चुनवको विरोध गरिराखेको भए पनि राजपाको केन्द्रीयदेखि जिल्ला तहसम्मको नेतृत्व पंक्ति भित्रभित्रै चुनावको तयारीमा जुटेको स्रोतको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.