|

जुम्ला : मंगलबार विहान जिल्लाको तिला गाउँपालिकाको ३ को कुडारी बजार नजिकको खेतमा एउटा बच्चाको बेबारिसे शव फेला परेको छ।

कुलो नजिकैको खेतमा बच्चाको शव तैरिएको अवस्थामा भेटिएको कुडारी प्रहरी चौकीका इन्चार्ज हिराबहादुर बस्नेतले जानकारी दिए। 'बिहानै स्थानीयले जानकारी दिएपछि हामी त्यहाँ पुग्यौं, बच्चा मरेको अवस्थामा थियो', उनले भने। बच्चा अवैध र जन्मने बित्तिकै सोमबार राति मारेर नदीमा फालेको हुन सक्ने अनुमान गरिएको ईञ्चार्ज बस्नेतले बताए।

अहिले जिल्ला प्रहरी कार्यालय जुम्लाबाट मुचुल्काको टोली बोलाइएको उनले बताए। टोली आएर मुचुल्का गरी त्यसलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान उनको भनाइ छ। बच्चा कहाँबाट कसले यसरी घटना घटायो भन्ने विषयमा अनुसन्धान गर्न लागिएको उनले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.