|

गोरखा : पूर्वयूवराज्ञी हिमानी शाह आफ्ना छोराछोरीसहित गोरखा आइपुगेकी छन्। छोरीहरु पूर्णिमा र कृतिका तथा छोरा हृदेयन्द्रसँगै हिमानी मंगलबार बिहान १० बजे गोरखा आइपुगेकी हुन्। उनीहरुले गोरखा दरबार परिसरमा रहेको गोरखनाथ गुफा र गोरखकाली मन्दिको दर्शन गरेका छन्।

देशमा गणतन्त्र स्थापना भएदेखि पूर्वराजपरिवारको यो पहिलो दर्शन तथा पूजाआजा रहेको गोरखनाथ गुफाका मूलपूजारी प्रदीपनाथ योगीले बताए। ‘गणतन्त्र घोषणापछि राजपरिवारको यो पहिलो गोरखाकालिका र गोरखनाथ बाबाको पूजाआजा हो,’ योगीले भने।

यसअघि २०६२ साल चैतमा पूर्वराजा ज्ञानेन्द्र शाहले अन्तिम पटक गोरखनाथको पूजाआजा गरेका थिए। राजखलकले गोरखकालिकालाई आफ्नो कुलदेवताको रुपमा पुज्ने गरेको योगीले जानकारी दिए। गणतन्त्रपूर्व राज परिवारले बडादशैं र चैते दशैंमा गोरखनाथ मन्दिरमा पुजा अर्चना गर्दथे।

हिमानी र उनका छोराछोरीले पूजाआजापछि मंगलबार नै गोरखा संग्राहलय अवलोकन गर्ने कार्यक्रम छ। त्यसपछि उनीहरुलाई गोरखा नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर लगायतले औपचारिक कार्यक्रममा स्वागत गर्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.