|

हुम्ला : सशस्त्र द्न्द्वपछि गरिबी निवारण कोषले दुर्गम हिमाली जिल्लामा काम गर्दै आएको गरिबी निवारण कोषले हुम्लाका तीन वटा सामुदायिक संस्था र दुईजना समूहका सदस्यलाई सिर्जनशिलता पुरुस्कारले सम्मान गरेको छ। जसमा समाना हुनेमा पानीमूल सामुदायिक संस्था सिमकोट ८ स्याँडा, लाङ्दु गुम्बा सामुदायिक संस्था वरगाउँ, लेकाली सामुदायिक संस्था चंखेली ६, लाई नगद १५ हजार, प्रमाण पत्र र चिप्लेढुंगा सामुदायिक संस्थाकी सदस्य नन्दा महतारा, कुती हिल्सा सामुदायिक संस्था साँयाका धनबहादुर बुढालाई सिर्जनशिलता कार्य गरेको भन्दै नगद १२ हजार र प्रमाण पत्र प्रदान गरी पुरुस्कृत गरेको छ।

हुम्ला जिल्लामा सञ्चालन भएका गरिविनिवारण  कोषसँग साझेदारी संस्थामार्फत आय-आर्जनको  लागि १५ करोड १० लाख ७५ हजार र साना पूर्वाधारतर्फ १२ करोडभन्दा बढी लगानी गरेको समेत गरिविनिावारण कोष प्रबन्धक नन्दकुमार नेवाङ्गले जानकारी दिए। पुरस्कृत भएका सिमकोट गाउँपालिका-३ ल्याङ्कक्दु  गुम्बा सामुदायिक संस्थाकी सदस्य कार्यासाङ्क लामा आफूले लिएको रिनबाट अहिले मौसमी–बेमौसमी गरी वार्षिक ३ लाख रुपैयाँमा अम्दानी गरेको बताए।

त्यसैगरी लेकाली सामुदायिक संस्थाका सदस्य धनबहादुर बुढाले गरिबी निवारण कोषबाट आफ्नी जीवनस्तर उकासेको र अहिले आफ्ना छोराछा लाई पढाउन सफल भएको बताए। गरिविनिवारण कोषबाट २७ हजार ऋण लगी ७ वडा भेडाबाख्रा किनेर अहिले ४० वटा भेडाबाख्रा बनाउन सफल भएको बताए। बुढाले तिनै भेडाबाख्रापालनबाट आफूले छोराछोरी पढाएको साथै घरखर्च  चलाउन सहज भएको बताए।

गरिबी निवारण कोषबाट सञ्चालित घुम्ती ऋणबाट विभिन्न व्यवसाय गरी आर्य आर्जनमा वृद्धि गर्दै हुम्लीका जीवनस्तरमा सुधार ल्याइएको र अझै यसले सामाजिक विकासमा टेवा पुर्‍याउने लक्ष्य लिन सकेमा अवश्य नै हुम्ला गरिबीबाट उनमुक्ति हुने  खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णरावलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.