|

सुनसरीः प्रसिद्ध हास्यकलाकार हरिवंश आचार्यद्वारा लिखित ‘हरिबहादुर’ पुस्तक मंगलबार धरानमा प्रदर्शन गरिएको छ।

फाइन प्रिन्टले प्रकाशन गरेको यस पुस्तकको प्रचार प्रसारका लागि जेठ १३ गतेदेखि सुरु भएको ‘हरिबहादुर पुस्तक–यात्रा’को क्रममा धरानमा हरिबहादुर पुस्तक प्रदर्शन गरिएको हो। 

तीन साताअघि विमोचन भएको यस पुस्तकका बारेमा जानकारी दिने र पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले ‘हरिबहादुर किताब–यात्रा’ पोखराबाट सुरु गरिएको हो। बुधबार विराटनगरमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

पुस्तकका लेखक तथा हास्य कलाकार हरिवंश आचार्यको उपस्थिति भएकाले पुस्तक–यात्रा कार्यक्रममा पाठक तथा दर्शकहरूको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो। यस यात्रामा लेखक हरिवंश आचार्य, फाइन प्रिन्टका सञ्चालक निरज भारी, चर्चित रेडियो कार्यक्रम प्रास्तोता सविना कार्कीको उपस्थितिले दर्शकको मन राम्रै खिचेको थियो। 

धरानको भानुचोकमा भएको कार्यक्रममा हरिवंशले आफ्नो हास्यकलाको प्रस्तुति पनि गरेका थिए। 

हरिवंश आचार्यद्वारा लिखित पुस्तक विमोचन भएको तीन साताको अवधिमा १५ हजार प्रति बिक्री भइसकेको फाइन प्रिन्टका सञ्चालक निरज भारीले बताए। यो यात्रा २५ गते सिन्धुलीमा पुगेर समापन हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.