|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका संसद्‍मा मंगलबार भएको निर्वाचनमा झण्डै दुई तिहाई बहुमतबाट देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा ५ सय ५८ जनाले मतदान गरेकोमा देउवाको पक्षमा ३ सय ८८  मत र विपक्षमा १ सय ७०  मत परेको छ।

प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा कायम कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २ सय ९७ मत आवश्यक थियो।  तर देउवाले ३ सय ८८ मत ल्याएका हुन्। सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीमा शेरबहादुर देउवा बहुमतले निर्वाचित भएको घोषणा गरिन्। मंगलबारको बैठकमा ३५ जना सांसदहरु अनुपस्थित भएका थिए।

देउवाको पक्षमा मतदान गर्ने दलहरु

नेपाली  कांग्रेस : २०७

नेकपा माओवादी  केन्द्र : ८२

राप्रपा:  ३७

राष्ट्रिय जनता पार्टी नेपाल : २५ (तमलोपा ११, सद्भावना पार्टी ६, तराई मधेस सद्भावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, फोरम गणतान्त्रिक १, नेपाल सद्भावना पार्टी १)

नेपाल लोकतान्त्रिक फोरम :  १६

संघीय समाजवादी फोरम : १५

नेकपा संयुक्त : ३

समाजवादी जनता दल : १

अखण्ड नेपाल पार्टी : १

संघीय लोकतान्त्रिक मञ्च –थरुहट : १

नेकपा एमाले लगायतका केही दलले भने प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका छन्। नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतले विपक्षमा मतदान गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.