|

डडेल्धुरा : पूर्व प्रधानमन्त्री एवंम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम  भट्टराईले वर्तमान सरकारले राजनीतिक अभिष्टा पुरा गर्नका लागि अदालतलाई ध्वस्त पार्नुका साथै निर्वाचन आयोगलाई समेत पंगु बनाउने काम गरेको आरोप लगाएका छन्।

आज अपरान्ह डडेल्धुरा सदरमुकाममा नेपाल प्रेस सोसाईटी डडेल्धुराले आयोजना गरेको  पत्रकार सम्मेलनमा भट्टराईले भागवण्डाको राजनीतिले देशमा स्थिरता हुन नसक्ने बताए। उनले केन्द्र-प्रदेश हुदै स्थानीय तहको निर्वाचन हुनुपर्ने भएपनि राजनितिक भागवण्डा गर्दै स्थानीय तहको निर्वाचन गर्नु गलत भएको बताए।

संविधान सभाबाट संविधान जारी भएपछि नेपाललाई विकास र समृद्धीको रुपमा अगाडी बढाउनको लागि आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टीको स्थापना भएको उनको दाबी छ। भ्रष्टाचारका प्वालहरु टाल्नुपर्ने भन्दै भट्टराइले देशको विकासका लागि आर्थिक समृद्धी आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.