|

जनकपुरधाम : जयन्त ठाकुरको अध्यक्षतामा जनकपुरमा राष्ट्रिय फोटो पत्रकार समूह धनुषा शाखाको गठन भएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यालयमा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रिय प्रतिनिधि हरि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ७ सदस्यीय धनुषा शाखाको गठन गरिएको हो।

राष्ट्रिय फोटो पत्रकार समूह धनुषा शाखाको अध्यक्षमा जयन्त ठाकुर, उपाध्यक्षमा किरण कर्ण, सचिवमा गोविन्द महतो, सहसचिवमा प्रतिभा झालाई चयन गरिएको छ। यसैगरी शाखाको कोषाध्यक्षमा नेहा झा, सदस्यहरुमा सोनी साह र राजा झालाई चयन गरिएको छ।

केन्द्रीय सचिव प्रदिपराज वन्तको उद्‍घोषणमा भएको कार्यक्रममा प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार, साहित्यकार रामभरोस कापडी भ्रमरले धनुषा शाखाका नव कार्यसमितिलाई खादा र फुलमाला लगाई बधाई ज्ञापन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.