|

काठमाडौं : सेयस बजारले नयाँ सरकारलाई 'ग्रिन सिग्नल' दिएर स्वागत गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४०औं प्रधानमन्त्री भएकै दिन मंगलबार सेयर बजार मापक नेप्से करिब ३५ बिन्दुले बढेर बन्द भयो।

देउवा प्रधानमन्त्री हुने निश्चित भएपछि सेयर बजरा उकालो लाग्न थालेको हो। गत सोमबार पनि सेयर बजार बरिक ९ बिन्दुले बढेको थियो।

मुलुकले नयाँ प्रधानमन्त्री पाएकाले सेयर बजार सकारात्मक बनेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए। 'नयाँ प्रधानमन्त्री निर्वाचित भएसँगै नयाँ आशाका किरण सेयर बजारमा छाएको हो,' उनले भने, 'सेयर बढ्नुको कारण राजनीतिक घटनाक्रम नै हो।'

आन्दोलनरत दलहरु सरकार र निर्वाचनमा सहभागी हुने सम्भावना भएकाले पनि सेयर बजार बढेको अर्का एक विश्लेषक बताउँछन्। 'तराई-मधेसलाई केन्द्रबिन्दु बनाएर राजनीति गरिरहेका दलहरु सरकार र निर्वाचनमा आउने सम्भावना देखिएकाले पनि सेयर बजार उकालो लागेको हुनुपर्छ,' उनले भने, 'स्थानीय निकायको दोस्रो चरणको निर्वाचन हुने निश्चित भएपछि सेयर बजार उकालो लागेको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.