|

गोरखा : जिल्लाको पालुङ्टार नगरपालिका वडा नं. ७ का ६७ वर्षका लालबहादुर कुमालको करेण्ट लागि मृत्यु भएको छ। बुधबार आफ्नै घरमा विद्युत जडान गर्ने क्रममा करेण्ट प्रवाह भइरहेको नांगो तार छोएकाले घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। घटनापछि इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी मृतक कुमालको शव पोष्टमार्टमका लागि गोरखा जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.