अर्थ

खेतीयोग्य जमिन नासिँदै गएकोमा चिन्ता
SHARES

साउन १८, २०७३

    काठमाडौं : इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले इँटाका प्रयोगले उर्बर र खेतीयोग्य जमिन नासिँदै गएकोमा चिन्ता व्यक्त्त गरेको छ।

    ग्रीन डेभलपर्सले विज्ञप्ती प्रकाशित गरी कृषिप्रधान देश नेपालको खेतीयोग्य जमिनमा ह्रास आइरहेकोमा त्यसो हुन नदिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।

    ग्रीन डेभलपर्सले गोर्खा इको प्यानल सिमेन्ट, बालुवा, कैल्सियम सिलिकेट बोर्ड जस्ता पूर्ण वातावरण मैत्री, न्युनतम इन्धन खपत गर्ने कच्चा पदार्थको प्रयोग गरेर बनाउँदै आएको छ। ७० वर्ष भन्दा बढी टिक्ने यस गोर्खा ईको प्यानल न्यून लागत, अग्नि प्रतिरोधक, पुन:प्रयोग समेत गर्न मिल्ने, तापक्रमम सन्तुलित एवं भूकम्प प्रतिरोधात्मक रहेको कम्पनीको दावी छ। 

    ग्रीन डेभलपर्सले बहराईनस्थित अलखाजा कम्पनी लिमिटेडको संयुक्त लगानीमा नेपालमै सन् २०१४ देखि प्रि फ्याब प्यानल (गोर्खा इको प्यानल) उत्पादन गर्दै आएको छ। आधिकतम स्वदेशी कच्चा पदार्थ स्वदेशी जनशक्तिबाट उत्पादित भूकम्प प्रतिरोधात्मक गोर्खा इको प्यानलले देशको विभिन्न जिल्लाहरुमा तीन सय बढी विद्यालय, स्वास्थ्य चौकी, व्यक्तिगत निवासहरु र भूकम्पबाट चर्किएका अग्ला भवनहरुको वाल पनि निर्माण गरिसकेको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त्त दुवाल भन्छन् 'हामीले बजारमा बढ्दो प्रि फ्याब प्यानलको मागका कारणले गर्दा हालसालै आफ्नो उत्पादन क्षमता दोब्बर गरेर वार्षिक ५ लाख वर्ग मिटरबाट १० लाख वर्ग मिटर बनाएका छौं। यसबाट विदेशबाट आयातित प्रि फ्याब प्यानललाई केही हदसम्म बिस्थापित गरी बढ्दो व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]