|

जाजरकोट : विद्यालयमा भएको भ्रष्टाचार छानविन गर्न माग गर्दै जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने शिवालय गाउँपालिकास्थित इन्द्रज्योति माध्यमिक विद्यालय थालारैकरमा बुधबारबाट अनिश्चितकालिन तालाबन्दी भएको छ।  विद्यालयले प्रशासनले विगत ६ वर्ष देखिको विद्यालयको रकम हिनामिना गरेको आन्दोलनमा उत्रिएका अभिभावक र विद्यार्थीहरुको आरोप छ।

तालाबन्दीपछि विद्यालयमा अध्यनरत ४ सय विद्यार्थीको पढाई प्रभावित भएको छ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल दमाई र पूर्व प्रधानाध्यापक नरेन्द्र कुमार शाहीले विद्यालयको ३० लाखभन्दा बढी रकम हिनिहमना गरेको अभिभावकहरुको आरोप छ।  व्यवस्थापन समितिको अवधि समाप्त भइसकेपनि नयाँ व्यवस्थापन समिति गठन गर्नेतर्फ कुनै काम नगरेर भ्रष्टाचार ढाकछोप गर्न खोजिएको अभिभावक कृष्णबहादुर शाहील आरोप लगाए।

विद्यालयमा भएको भ्रष्टाचारको उचित छानविन गरेर दोषिमाथि कानुनी कारबाही नभएसम्म ताला नखोल्ने उनले बताए।

विद्यालयको भवन, खेलमैदान, फर्निचर लगायत निर्माण कार्य र विद्यार्थीबाट चारित्रिक प्रमाण पत्रको रकम उठाएर दुरुपयोग गरिएको अभिभावकहरुको आरोप छ।

विद्यालयमा अनियमितता भए-नभएकोबारे अनुसन्धान गर्न मंगलबार अख्तियारको टोली थालारैकर पुगेको थियो।  इन्द्रज्योति माध्यमिक विद्यालयमा तालाबन्दी भएपछि विद्यार्थीहरु पढाईबाट बन्चित भएको जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए। उनले विद्यालयमा लागेको ताला खोल्न तत्काल पहल गरीने सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.