|

काठमाडौं : दक्षिण एसियाली मुलुकहरुमा आणविक उर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रबल सम्भावना बढेको छ। वातावरणमा विकिरण (रेडियोधर्मी पदार्थ) को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावना उच्च रहेको विज्ञहरुको ठहर छ।

छिमेकी मुलुकहरुमा आणविक भट्टीमा हुनसक्ने सम्भावित प्राकृतिक र मानवीय दुर्घटनाका कारण नेपाल त्यस्तो जोखिममा रहेको विज्ञहरु बताउँछन्। भारतको उत्तरप्रदेशस्थित नारोरा प्लान्ट र बंगलादेशमा निर्माणाधीन भट्टी नेपाली सीमा क्षेत्रबाट क्रमशः १ सय ९० र २ सय ७० किलोमिटरका हाराहारीको हवाई दूरीमा रहेको बताइएको छ।

हाल भारतका विभिन्न प्रान्तमा करिब २ दर्जन आणविक भट्टी सञ्चालनमा छन् भने बंगलादेश आगामी ५ वर्षभित्रमा २ वटा भट्टी सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.