|

जुम्ला : सरकारबाट पाउँदै आएको सुविधा काटिएपछि तिला गाउँपालिका–८ जुम्लाकोटका छवि रावत र अमृता रावत  समस्यामा परेका छन्। छवि दृष्टिविहिन छन् भने पत्नी अमृता देब्रे खुट्टामा समस्या छ। 

आफूले पाउँदै आएको मासिक दुई हजार र अमृताले ६ सय रुपैयाँ दशैंदेखि नपाएको छविले बताए। आफू तत्कालीन गाविसस्तरीय अपांगहरूको अध्यक्ष भए पनि सुविधाबाट बञ्चित भएको अमृताले दुखेसो गरिन्। 'स्थानीय निकायमा कुरा राख्दा निर्देशिकामा व्यवस्था छैन भनेर टार्ने गरेका छन्' उनले भनिन्, 'अहिले हामीजस्ता ४७  अपांगता भएकाहरूले भत्ता पाएका छैनन्।' 

छवि र अमृताका दुई छोरा र एक छोरी छन्। अाम्दानीको स्राेत नभएकाले उनीहरूको पढाइलेखाइ कसरी गर्ने र जीविका कसरी चलाउने भन्ने कुराले उनीहरूलाई चिन्तित बनाएको छ। सरकारले दूरदराजमा रहेका आफूजस्ता अपाङ्गहरुको मर्का बुझिदिनु पर्ने उनीहरूको भनाइ छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.