चौतारा, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ बतासेमा टिपरले किच्दा एक युवकको मृत्यु भएको छ।
टिपरमा सहयोगीको काम गर्ने २२ वर्षीय दिनेश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
खानेपानी योजनाका लागि राति ११ बजे बालुवा लिएर गएको बा १ ख २९८७ नम्बरको टिपर उकालो चढ्न नसकेपछि ओट राख्ने क्रममा पछि सरेर उनलाई किचेकाे प्रहरीले जनाएको छ। टिपर चालकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।