|

जनकपुर : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन बिना तराइ-मधेसको जिल्लामा निर्वाचन हुन नसक्ने बताएका छन्। उनले निर्वाचन गराएर देखाउन देउवा सरकारलाई चुनौती दिए।

माओवादीले उठाएका मागलाई देउवा सरकारले फोहोरको टोकरीमा फालेका कारण देशमा १२ वर्षे सशस्त्र द्वन्द्व र देउवा नेतृत्वको सरकारले असार १४ गते दोस्रो चरणको निर्वाचन गराएर दोस्रो जनयुद्ध निम्त्याउन खोजेको उनको आरोप छ।

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित राष्ट्रिय जनता पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य महतोले प्रमुख तीन दलले संविधान संशोधन गरेकै दिन निर्वाचन गराए पनि आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको बताए।

उनले नाम नलिइ उपेन्द्र यादवमाथि गद्दारको आरोप लगाए। ' हिजोसम्म जसले संविधान पुर्नःलेखनको माग गर्दै थियो। त्यो व्यक्तिले आज बाबुराम र अन्य दलसँग गठबन्धन गर्दै मधेसको माग सम्बोधन विना निर्वाचनमा गएर मधेसप्रति ठुलो गद्दारी गरेको छ,' महतोले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.