|

गोरखा  : १२ सय मेगावाटको बूढीगण्डकी जलासाययुक्त आयोजनाबाट डुबानमा पर्ने गोरखालीहरुलाई अहिलेसम्म सरकारले एक अर्ब १९ करोड ३६ लाख रुपैयाँ मुआब्जा वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले घ्याल्चोक, भुम्लिचोक र दर्बुङका डुबान प्रभावितलाई मुआब्जा वितरण गरिएको बताए। 

‘यि ठाउँमा कुल एक अर्ब १९ करोड ३६ लाख ८० हजार दुईसय ३७ रुपियाँ मुआब्जा वितरण भएको हो। हाल सम्म ५८३ जनालाई मुआब्जा वितरण गरि सकियो,’ प्रजिअ बस्नेतले भने।  बुढी गण्डकी डुबान प्रभावित गोरखालीहरुलाई गत फागुनको ११ गतेबाट मुआब्जा वितरण सुरु गरिएको उनले बताए। 

चालु आर्थिक वर्षभित्र मुआब्जा वितरण गर्नका लागि गोरखामा साढें दुई अर्ब र धादिङका लागि साढें दुई अर्ब रुपैयाँ प्राप्त भएको छ।  निर्माणको लागि स्रोत जुटाउने काम भइरहेको छ। सरकारले चीनको गेजुवा ग्रुप कम्पनीलाई निर्माण ठेक्का दिइसकेको छ। 

आयोजना निर्माण हुँदा गोरखा र धादिङका करिब ३५ सय घर धुरी पूर्ण रुपमा विस्थापित हुनेछन्। त्यस्तै ४५ सय घरधुरी आंशिक रुपमा प्रभावित हुने आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ।   

चालु आर्थिक वर्षमा पाँच अर्ब ३३ करोड विनियोजन गरिएको थियो। आगामी वर्ष यस आयोजनालाई १० अर्ब १७ करोड रकम विनियोजन गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.