|

प्युठान : भिंग्री जुलुके नजिकै माडी खोलामा डुबेर एक जनाको ज्यान गएको छ। स्वर्गद्धारी नगरपालिका–७ प्यूठानका ५९ वर्षीय टोपाराम जिएमको शव बिहीबार प्रहरीले भेटेको छ।

बुधवार बेलुका ५ बजे 'माछा मार्न जान्छु' भनि  घरबाट निस्केका मगर साझँ अबेरसम्म घरमा नफर्किएपछि परिवारले खोजी गरेको थियो। बिहीबार बिहान ६ बजे भिंग्री जुलुके नजिकैको माडी खोलामा उनी मृत अवस्थामा भेटिए।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्रहरी घट्नास्थलबाट शवलाई इलाका प्रहरी कार्यालय भिंग्रीमा ल्याएको छ। मृतकको शवको  स्वास्थ्य चौकी भिंग्रीमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्युठान प्रहरी प्रमुख रञ्जित सिंह राठोरले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.