|

जनकपुर : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन लगायतका माग पुरा नभए सरकारी कानून र आदेश नमान्ने चेतावनी दिएका छन्।

राष्ट्रिय जनता पार्टीले धनुषाको औरही नगरपालिकाको कपटौल गाउँमा आयोजना गरेको विरोधसभा तथा पार्टी प्रवेश कार्यक्रममा संयोजक ठाकुरले अन्तरिम संविधानमा उल्लेखित अधिकारहरुलाई समेत लत्याएको कारण विगतका सहमति र सम्झौताको कार्यान्वयन र संविधान संशोधन नगरे अब कुनै पनि सरकारी कानून र आदेश नमान्ने चेतावनी दिएका हुन्।

ठाकुरले मान, सम्मान र अधिकारीको रक्षा नभए विदेशीसँग सहकार्य गर्ने बाध्य हुने र यसको सम्पुर्ण जिम्मेवारी राज्यले नै लिनुपर्ने बताए। उनले यी कुरा राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत अवगत गराइसकेको जनाए। 

उनले मधेसी, जनजाति र आदिवासीसँग हुँदै आएको विभेद अन्त्यका लागि संविधान संसोधन र जनसंख्याको आधारमा इकाइ गठन गरी निर्वाचन गराउन सरकारसँगग आग्रह गरे। स्थानीय तहको निर्वाचन गराउने जिम्मेवारी प्रादेशिक सरकारको रहेको बताउदै ठाकुरले पहिलो प्रादेशिक, त्यसपछि प्रादेशिक सरकारले स्थानीय तहको निर्वाचन गराउने पर्ने जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • मधेसी को जायज माङ्ग पुरागरिदिनु पर्छ ।किनभने मधेसि जनता पनि नेपाली हुन ।सरकार ले जानी जानी ।देशमा आन्दोलन गराउने पछ्मा छन् ।मलाई लागछ।

  • एकादेशमा... अन्ततः यसप्रकार एक छध्मभेषी ब्वाँसोले अाफ्नो असली रूप् देखाउन वाध्य भयो....