|

डडेल्धुरा :  असार १४ गते हुने दास्रो चरणको निर्वाचन नजिकिएसँगै डडेल्धुरामा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ। बिहीवार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको सहकार्यमा जिल्लाको अमरगढी नगरपालिका वडा नं १० राईमा नमुना मतदान गरिएको हो।

 गाउँका स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्धारा संचालीत स्थानिय तह निर्वाचन मतदाता शिक्षा परियोजनाका संयोजक  दिल बहादुर ताम्राकारले जानकारी दिए।

५१ जना सहभागिता रहेको नमुना मतदानमा २८ जनाले सही रुपमा मतदान गरे भने २३ जना अर्थात ४० प्रतिशतको मत बदर भयो।

मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा जानकारी गराएको संस्थाका सामुदायीक सहजकर्ता शारदा सार्कीले जानकारी दिइन्।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो।

यस्तै स्वस्तिक छाप लगाए पश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो। नमुना मतदानमा स्थानीय दलका प्रतिनिधि र केही  स्थानीयहरुको सहभागीता रहेको थियो। जिल्लाका अन्य केही ठाउँमा समेत नमुना मतदान गरेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.