समाज

शिक्षकको अनुदान रोकिँदा पढाइ प्रभावित
SHARES

प्रतीकात्मक फोटो
जेठ २६, २०७४

    जाजरकोट: प्रतिविद्यार्थी अनुदान रकम (पीसीएफ) कटौती हुँदा जिल्लाका करिब २५ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। विद्यालयहरूले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराख्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो। शैक्षिक सत्र ०७३\७४ मा जाजरकोटका २ सय २७ विद्यालयका २ सय ५० शिक्षकका लागि उक्त रकम निकासा भएको छैन।

    शिक्षा विभागले चालु वर्षमा २७ माध्यमिक, एक सय ४० प्राथमिक र ६० आधारभूत विद्यालयमा आउने अनुदान कटौती गरेको छ। स्वीकृत तथा राहत दरबन्दीसमेत नभएका विद्यालयमा आउने प्रतिविद्यार्थी अनुदान कटौती हुँदा समस्या भएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए। 

    पीसीएफ रकम निकासा नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको भगवती मावि कुदुका प्रधानाध्यापक प्रताप रोकायले बताए। पीसीएफकै भरमा विद्यालयले ९ र १० कक्षाको पठनपाठन चलाउँदै आएकामा उक्त अनुदान निकासा नभएपछि समस्या भएको प्रअ रोकायले बताए। 'विद्यालयमा गणित, अङ्ग्रेजी, विज्ञानलगायत विषय नै पढाउने शिक्षक छैनन्',उनले भने। 

    'शिक्षाबाट गत आवसम्म पीसीएफ शीर्षकमा तीन लाख रुपैयाँ निकासा आउँथ्यो। त्यही रकमले मावि तहको पठनपाठन सञ्चालन गर्ने शिक्षक राखेका थियौं', उनले भने। विभागले प्राविदेखि मावि तहका प्रतिविद्यालयलाई ५० हजारदेखि तीन लाखसम्म उक्त अनुदान निकासा दिँदै आएको थियो।

    गत आव पीसीएफ शीर्षकमा दुई करोड ४४ लाख निकासा आएकामा चालु वर्षमा शून्य भएको सिंहले बताउनुभयो। जाजरकोटमा मावि, निमावि र प्रावि तहका ४३५ विद्यालयमा ७०० शिक्षक दरबन्दी नपुग रहेको शिक्षा कार्यालयले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]