|

पाँचथर : फिदिम नगरपालिका–१ साब्राङमा एक वृद्धको हत्या भएको छ। बिहीबार राति साढे १२ बजे ६५ वर्षीय भीमबहादुर केरुङको हत्या भएको हो। सुतिरहेको अवस्थामा उनीमाथि सोही ठाउँका २७ वर्षीय चन्द्रे भनिने विनय नेम्वाङले बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका केरुङको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउँदा मृत्यू भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलले जानकारी दिए।

घटनापछि फरार नेम्वाङलाई शुक्रबार विहानै प्रहरीले पक्राउ गरेको छ। उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा अन्तर्गत मुद्दा दर्तापछि हिरासतमा राखी अनुसन्धान थालिएको डिएसपी पोख्रेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.