|

अमेरिकी गुप्तचर संस्था (एफविआई)का पूर्वनिर्देशक जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको रुसी हस्तक्षेपका विषयको अनुसन्धानमा लगातार प्रभावमा राख्न चाहेको र आफूलाई राष्ट्रपतिप्रति बफादार बनाउन खोजेको आरोप लगाएका छन्। 

अमेरिकी सिनेटमा बयान दिँदै कोमीले राष्ट्रपति ट्रम्पसँगका पाँचवटा कुराकानीको विवरण प्रस्तुत गर्दै ट्रम्पले बारम्बार बफादारी खोजेको कुरालाई जोड दिएका थिए। अमेरिकाको सिनेटको गुप्तचरीसम्बन्धी समितिका डेमोक्रेटिक सिनेटर मार्क वाग्नरले बयानको क्रममा कोमीले राष्ट्रपति ट्रम्पले आफू र एफबीआईलाई राष्ट्रपतिप्रति बफादार बनाउन खोजेको तर आफू निष्पक्ष रहने जवाफ दिएको बताएका थिए।

संघीय जाँच ब्यूरोबाट बर्खास्त गरिएका निर्देशक कोमीले दिएको बयानमा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारलाई अनुसन्धान नगर्न राष्ट्रपति ट्रम्पले आफुलाई भनेको सिनेटले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

यसअघि राष्ट्रिय सुरक्षासम्बन्धी दुईजना वरिष्ठ अधिकारीहरु माइक रोजर्स तथा ड्यान कोट्सले सिनेटरहरु समक्ष बयान दिंदै उनीहरुमाथि ह्वाइट हाउसले कुनै पनि गैरकानुनी काम गर्न दबाब नदिएको उल्लेख गरेका छन्। 

तर बिहीबार सिनेट समिति समक्ष बयान दिएका कोमीले चाहिं उनलाई मे ९ मा बर्खास्त गरिनु अगाडि भएका भेटघाटमा राष्ट्रपतिले असहज बनाइदिएको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.