|

कावासोती : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले स्थानीय तहको दोस्रो चरणको चुनावमा आफ्नो पार्टी मधेसको पनि पहिलो पार्टी बन्ने दावी गरेका छन्।

नवलपरासीमा शुक्रबार पत्रकारसँग कुरा गर्दै पोखरेलले भने 'एमाले दोस्रो चरणको स्थानीय तह निवार्चनमा मधेसको पहिलो पार्टी हुन्छ। कांग्रेस र माओवादी चुनावमा सहभागी हुने मात्रै हो, हाम्रो मुख्य प्रतिस्पर्धी मधेसी दलहरु हुन्।

उनले दोस्रो चरणको चुनावमा मधेसी दलहरुले मधेसका जनतालाई मदतान गर्न नदिने खेलमा लागेको आरोप समेत लगाए। ' मधेसी दलहरु लोकतन्त्र मान्दै प्रधानमन्त्री चुनावमा सहभागी भइ मदतान गर्ने तर स्थानीय तह निवार्चनमा मधेसी जनतालाई मतदान गर्नबाट वञ्चित गर्ने खेलमा छन्। सोही कारण चुनाव बहिष्कारको धम्की दिइरहेका छन्' नेता पोखरेलले भने।

पहिलो चरणको स्थानीय तहको निवार्चनमा एमालेले आफ्नो एजेण्डा जनताको घरघरमा पुर्‍याउन नसकेको कारण एमालेले सोचे जस्तो जित हासिल गर्ने नसकेको भन्दै पोखरेलले द्रोस्रो चरणको निवार्चनमा एमालेले ६० प्रतिशत भन्दा बढी सिट जित्ने दावी गरे। 'द्रोस्रो चरणको निवार्चनमा हामीले धेरै नै प्रचार प्रसार गरेका छै सोही कारण हामी पहिलो पार्टी बन्दैछ' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.