|

कालिकोट : बिहीबार राति मदिरा सेवन गरेको एक समूहले हुम्लाको पत्रकार महासंघका अध्यक्ष तथा थाहा संवाददाता अर्जुन बोहरामाथि कुटपिट गरेको छ। सामुदायिक रेडियो कर्णाली आवाजमा राति ९:५५ मा पुगेका उनीहरुले पत्रकार बोहरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोड गरेका हुन्।

एसईई परीक्षा तयारी सम्बन्धी रेडियो कार्यक्रम 'एसएलसी मिरर' सञ्चालन गरेवापतको रकम लिने बाहनामा मदिरा सेवन गरी आएका शिक्षकहरुले समाचार कक्षमा रहेको कम्प्युटर, प्रिन्टर, टेलिफोन सेट, ल्यापटप र हिटर तोडफोड गरेका पत्रकार बोहराले जानकारी दिए। उनीहरुले तोडफोड गर्न रोक्न खोज्दा पत्रकार बोहरामाथि कुटपिट गरेका हुन्। उनीहरुले पत्रकार बोहरालाई रडले टाउकोमा हिर्काएका हुन्। कुटपिटबाट टाउकोमा ठूलो चोट नलागे पनि निलडाम देखिएको र जिल्लामा नै उपचार गराएको पत्रकार बोहराले बताए। रेडियो कर्णाली आवाजका मुख्य प्राविधिक बोहरा थाहाखबरका हुम्ला संवाददाता हुन्।

रेडियोले अंग्रेजी विषयमा एसईई तयारी सम्बन्धी रेडियो कार्यक्रम सञ्चालन गर्दा मानसरोवर माध्यमिक माध्यमिक विद्यालय प्रधानाध्यापक अमरबहादुर शाहीलाई केही रकम दिनुपर्ने थियो। उक्त रकमको विषय लिएर प्रधानाध्यापक शाहीसँगै आएका शिक्षकहरु  नेत्रबहादुर शाही, पाल्जोर लामा, रेशमराज रोकाया, नरबहादुर बोहरा, र हिरा बोहरालगायतको समूहले आक्रमण गरेको पत्रकार बोहराले जानकारी दिए।

आक्रमण गर्ने शिक्षकहरुलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरेको थियो। बिहान उनीहरुले माफी मागेपछि रिहा गरिएको प्रमुख जिल्ला अधिकारी धनप्रसाद पौडेलले जनकारी दिए।

पत्रकार र रेडियोमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ महासंघ कर्णाली अञ्चल समन्वय समितिले र प्रेस सेन्टरले विरोध जनाएका छन्। नेपाल पत्रकार पत्रकार महासंघ कर्णाली समन्वय समितिका संयोजक नवराज महतारा र प्रेस सेन्टरका प्रदेश नम्बर ६ का अध्यक्ष ध्रुव बुढाथोकीले विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.