|

काभ्रेपलाञ्चोक : जिल्लाको पनौती नगरपालिकाको पनौती बजारमा शुक्रबार धार्मिक तथा ऐतिहासिक 'ज्या पुन्ही' जात्रा सकिएको छ।

जेठ पूर्णिमाका दुई दिन अघिदेखि स्थानीयहरुले विभिन्न बाजा बजाउने र मठमन्दिरमा गएर पूजा प्रार्थना गरी सो जात्रा मनाउने गरिन्छ। यौनिकता झल्कले गरी पूर्णिमाका दिन रथलाई आपसमा संभोग गराएर जात्रा मनाउने गरिन्छ।

सोही अनुरुप शुक्रबार भैरव, भद्रकाली र ईन्द्रेश्वर महादेवबीच संभोग गराएर जात्रा सम्पन्न गरेको स्थानीय प्रशान्त श्रेष्ठले बताए। ‘यहाँ परम्परागत संस्कृति अनुसार पनौतीस्थित लायकु दरबार, डबलीमा इन्द्रेश्वर महादेव, भद्रकाली र उन्मत्त भैरवका रथहरू एक–आपसमा संभोग अर्थात जुधाएर जात्रा मनाउने प्रचलन छ,’ श्रेष्ठले भने, ‘इन्द्रेश्वर चोक (हाता) नजिकै रहेका तीन वटा रथहरू (महादेव, भैरव, भद्रकाली) बाजागाजासहित रोशीखोलाको किनार परिक्रमा गराईन्छ र पछि रथ जुधाउने प्रचलन रहेको छ ।'

यसरी आयोजना गरिएको जात्रा हेर्नका लागि आसपासका भेगहरुबाट दर्शनार्थीहरुको घुईचो लाग्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.