|

काठमाडौं : शेरबहादुर  देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ। यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ।

सबै दलमा मन्त्री हुने आकांशी बढी भएपछि विवाद टुंग्याउन नसक्दा प्रधानमन्त्री देउवाले सुरुमा ८ सदस्यीय मन्त्रिपरिषद मात्र बनाएका थिए। स्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने सोच बनाएका छन्। तर सरकारमा कसलाई थप्ने भन्नेबारे सत्तासिन दलभित्र भाँडभैलो उत्पन्न भएको छ।

सरकारको नेतृत्व गरेको नेपालीक कांग्रेस र प्रमुख सत्ता साझेदार माओवादी केन्द्रमा मात्र नभइ फोरम लोकतान्त्रिक नेपाल र राप्रपाभित्र पनि मन्त्री को बन्ने भन्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ। कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षले पाँच मन्त्रालय मागेको छ। चारभन्दा कम मन्त्रालय पाए नाम नै सिफारिस नगर्ने अडानमा पौडेल पक्ष छ।

सत्ता साझेदार माओवादी केन्द्रमा पनि मन्त्री बन्ने विषयलाई लिएर विवाद बढेको छ। कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीसहित सरकारमा दोहोर्‍याएपछि नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट रहेको स्रोतले बतायो। उनले गिरीराजमणि पोखरेल नेतृत्वमा पार्टी सरकारमा जानुपर्ने सोच बनाएका थिए। तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरालाई नै दोहोर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.