|

पाँचथर : सदरमुकाम फिदिम नगरपालिकाको १२ मा शुक्रबार राति एक युवकको हत्या भएको छ। ४० वर्षीय मिङ्मा शेर्पाको छिमेकीको घरमा मदिरा सेवन गरिरहेको अवस्थामा साँझ ८ बजेतिर हत्या भएको हो।

मदिरा सेवन गरिरहेका बेला स्थानीय ङिमा शेर्पाले मिङ्मालाई ढुंगाले हानेको प्रहरीले जनाएको छ। ढुंगाले लाग्दा गम्भीर घाइते उनको जिल्ला अस्पताल फिदिममा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान वस्नेतले जानकारी दिए।

घटनापछि ङिमा फरार छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। सो क्षेत्रको सिदिन र याङनाममा प्रहरीले शुक्रबार रातिदेखि नै सर्च अभियान सञ्चालन गरेको प्रहरीले जानकारी दिएको छ।

बिहीबार राति फिदिम नगरपालिका १ साब्राङमा भीमबहादुर केरुङ वञ्चरो प्रहारबाट हत्या भएको थियो। घटनामा संलग्नताको आरोपमा प्रहरीले स्थानीय विनय नेम्वाङलाई पक्राउ गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.